भारतको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण « Khabarhub

भारतको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण गरिएको छ । सर्लाहीको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण गरिएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित कल्भर्ट र ढल निकासीको महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदी संयुक्त रुपमा उद्घाटन गरे ।

“नेपाल भारत विकास सहकार्य” कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेजमा गरिएको हो ।

(क) खानेपानी चोकदेखि नगरपालिका चोक (८०० मि.) सम्म
(ख) शिव सागर चोक सडकदेखि विश्वकर्मा चोक सडक (५०० मि.) सम्म

यो परियोजना भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतीय दुतावास, काठमाडौँ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो। यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ।

यो परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पुर्‍याएको छ । यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ३२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर