भारतको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण « Khabarhub

भारतको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण गरिएको छ । सर्लाहीको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निकास निर्माण गरिएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित कल्भर्ट र ढल निकासीको महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदी संयुक्त रुपमा उद्घाटन गरे ।

“नेपाल भारत विकास सहकार्य” कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेजमा गरिएको हो ।

(क) खानेपानी चोकदेखि नगरपालिका चोक (८०० मि.) सम्म
(ख) शिव सागर चोक सडकदेखि विश्वकर्मा चोक सडक (५०० मि.) सम्म

यो परियोजना भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतीय दुतावास, काठमाडौँ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो। यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ।

यो परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पुर्‍याएको छ । यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ३२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना