झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक राजवंशी घाइते भएका थिए । उनको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि पछिल्लो समय दैनिक सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ३० बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६