इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ आउन सक्ने भन्दै प्रधानमन्त्रीद्वारा नागरिकलाई सचेत बन्न आग्रह « Khabarhub

इटलीमा कोरोनाभाइरस सङ्क्रमणको ‘नयाँ लहर’ आउन सक्ने भन्दै प्रधानमन्त्रीद्वारा नागरिकलाई सचेत बन्न आग्रह


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम– क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै इटलीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ड्रागीले आगामी ३–५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीमा सङ्क्रमण फैलिँदो क्रममा रहेपछि सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

सोमवारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन् । इस्टर सप्ताहान्तलाई सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ’रेड जोन’ बनाइनेछ ।

इटली युरोपमा बेलायतपछि बढि प्रभावित मुलुक हो । इटलीको मृत्युदर बेलायतको भन्दा कम भएपनि अन्य यूरोपेली मुलुकको मृत्युदरभन्दा बढी रहेको छ । यूरोपेली संघका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ ।

इटलीले आफ्नो मुलुकमा खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता दुई लाख ५० हजार अक्सफर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।

बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड–आस्ट्राजेनेका खोपले रगत जमाउने हल्लाबीच उक्त खोप प्रयोग रोकेका छन् । शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : २८ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका