दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते « Khabarhub

दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको विगु गाउँपालिका वडा नं-४ लादुकको चार गोलाई भन्ने स्थानमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी सोमबार राति साढे १० बजे सडकबाट खस्दा गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका थापा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

घाइते १८ जनामध्ये ८ जनाको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ भने १० जनालई थप उपचारको लागी काठमाडौँ ल्याइएको  रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ०० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,