चरिकोट–जिरी सडक स्तरोन्नति गरिँदै « Khabarhub

चरिकोट–जिरी सडक स्तरोन्नति गरिँदै


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट- नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र सकिएको छ ।

सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डका २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

चरिकोटबाट १७ किलोमिटर  तामाकोशी बजार र त्यसपछि नाम्दु बजारसम्म पाँच किलोमिटर गरी २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।

कम्पनीका अनुसार चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको जनाएको छ । अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए ।

लामाका  अनुसार केही महिनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताए ।

चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्ट्रक्शन कम्पनी लिमिटेडले संयुक्तरुपमा ठेक्का पाएको थियो ।

हाल सडक खन्ने, चौडा बनाउन, ग्याबीन पर्खाल र नाला बनाउने काम तीव्ररूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्ट्रक्शन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताए ।

गाह्रो र अप्ठ्यारो स्थानमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राबेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उनको भनाइ छ । “यसै  रफ्तारमा काम भएमा समयमा नै काम सक्नेमा कुनै शङ्का छैन, हामी ढुक्क छौँ”, श्रेष्ठले भने ।

कुनै स्थानमा भिर काट्नुपर्ने र सानो सडकलाई चौडा गर्नुपर्ने निकै कठिन तथा भिरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगमी वर्ष यो काम सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ ।

मुडेबाट चरिकोट र चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्र भइसकेको पछि चरिकोट–तामाकोशी हुँदै जिरीसम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भई कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, जिरी बजार, च्छ्योरोल्पा हिमतालजस्ता धार्मिक तथा सांस्कृतिक महत्वको स्थानमा पुग्न सहज हुनेछ ।

लामोसाँघु–जिरी सडक स्वीस सरकारले विसं २०३१ देखि खाडीचौरबाट खन्न शुरु गरेको थियो भने विसं २०३४ मा एकतर्फी मोटर सञ्चालन हुने गरी कालोपत्र भएको स्थानीवासी बताउँछन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ४५ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत