राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता « Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ ।

सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । कोरोनाका कारण केही ढिला गरी बागलुङमा परिचयपत्र दर्ताको काम शुरु भएको थियो ।

अहिले जिल्ला प्रशासनबाट मात्रै दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडाबाटै तथ्याङ्क सङ्कलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

“अहिले जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्रको दर्ता शाखाबाट काम शुरु भएको हो, सरकारले देशभर परिचालन गर्न थप ५९ कर्मचारी खटाएको छ, केही महिनामा वडास्तरबाटै काम शुरु हुनेछ”, गौतमले भने, “हालसम्म प्रशासनमा नागरिकता तथा राहदानी बनाउन आउनेले मात्रै परिचयपत्रका लागि आवेदन दर्ता गराएका छन् ।”

धेरै विवरण सङ्कलन गर्नुपर्ने भएकाले प्रशासनबाट एक जनाको विवरण सङ्कलन गर्दा झण्डै ३० मिनेट समय लाग्ने प्रशासकीय अधिकृत गौतमको भनाइ छ ।

दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्ने भएकाले यसको प्रभावकारिता निकै राम्रो हुने सरोकारवाला बताउँछन् । राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ३५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,