भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति | Khabarhub Khabarhub

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ ।

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा हो भनेका छन् ।

भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकाँक्षी योजना छ । तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तिब्रता दिएको छ । (रासस–एएफपी)

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : १० बजे

आङ खस्ने समस्या भएका १४ जनाको निःशुल्क शल्यक्रिया

किमाथाङ्का– जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएकाको निःशुल्क

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख लागूऔषधसहित धनगढीमा पक्राउ

धनगढी– गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक अंकित कुमार निगम बानिया

सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागूऔषध नियन्त्रणका लागि सुपरिवेक्षण समिति

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले लागूऔषधजन्य गतिविधि नियन्त्रणका लागि सुपरिवेक्षण समिति

सञ्चारमन्त्री गुरूङ भन्छन्- दर्ता हुन नआए फेसबुकलाई प्रतिबन्ध लगाउँछौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र

शहरमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक