नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अंक नाघ्यो | Khabarhub Khabarhub

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अंक नाघ्यो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेले आज नयाँ रेकर्ड कायम गरेको छ ।

वर्षको अन्तिम दिन आज नेप्से २३.२३ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ अंकमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ ।

यसअघि सोमवार (हिजो) १७.२० अंकले बढेर नेप्से २६९१.५५ विन्दुमा पुगेको थियो ।

नेप्से परिसूचक अनुसार २०९ कम्पनीको ७६ हजार ९४ पटक कारोबार भएर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज ६ उपसमूहको परिसूचक बढेका छन् भने सात समूहको नेप्से सूचक घटेका छन् । आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको २८ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ