नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अंक नाघ्यो « Khabarhub

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अंक नाघ्यो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेले आज नयाँ रेकर्ड कायम गरेको छ ।

वर्षको अन्तिम दिन आज नेप्से २३.२३ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ अंकमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ ।

यसअघि सोमवार (हिजो) १७.२० अंकले बढेर नेप्से २६९१.५५ विन्दुमा पुगेको थियो ।

नेप्से परिसूचक अनुसार २०९ कम्पनीको ७६ हजार ९४ पटक कारोबार भएर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज ६ उपसमूहको परिसूचक बढेका छन् भने सात समूहको नेप्से सूचक घटेका छन् । आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको २८ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०३ बजे

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार