सेनाको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न « Khabarhub

सेनाको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उच्चस्तरीय सुरक्षा तालिम सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

उक्त समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षा २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखेका थिए ।

सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धी विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे । उनले वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपूर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताए ।

यसैगरी प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भुमिका खेलेको विश्वास व्यक्त गरे ।

वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो । हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसकेको सेनाले जनाएको छ ।

तस्वीर- नेपाली सेना

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता