२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए « Khabarhub

२०७७ सालमा विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाए


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७७ सालमा विभिन्न विपद्जन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका छन् ।

गएको वैशाख १ गतेदेखि चैत ३१ (आज) सम्ममा विभिन्न ४ हजार १५७ वटा विपदजन्य घटनामा ५९२ जनाले ज्यान गुमाएका हुन् ।

सोही अवधिमा विभिन्न घटनामा परी ११ सय ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

यो एक वर्षमा पहिरोमा परी ज्यान गुमाउनेमा सबैभन्दा बढी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । पहिरोमा परी ३०१ जनाको मृत्यु भएको छ । अझै ६४ जना बेपत्ता छन् । यसैगरी आगलागीका घटनामा परी ९७ जना, चट्याङ लागेर ७० जना, सर्पको टोकाइबाट २१ जना र विभिन्न जनावरले आक्रमण गर्दा ३७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

यो एक वर्षमा बाढीमा परेर ४२ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : १४ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र