३२ फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो « Khabarhub

३२ फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाईएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपालले बन्द प्रशिक्षण गर्न लागेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ०२ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा