३२ फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो « Khabarhub

३२ फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाईएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपालले बन्द प्रशिक्षण गर्न लागेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ०२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल