एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी | Khabarhub Khabarhub

एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

“कम्तीमा शहरी क्षेत्रका विद्यालय एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी रहेको छ”, मन्त्री त्रिपाठीले भने ।

उनले विद्यालय अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताए ।

उनले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकोले डर लाग्दो रहेको बताए ।

“१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन”, उनले भने, “त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डर लाग्दो रुपमा फैलिन सम्भावना रहेको छ ।”

उनले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए ।

“अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ”, उनले भने ।

उनले सङ्क्रमण बढ्न नदिन सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकाबाट आउने एक हजार जना अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने समेत भइरहेको जानकारी दिए ।

उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए ।

“गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दी नगइकन हामी रोकथाम र नियन्त्रण गर्न सक्षम छौँ”, उनले भने, “ मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौँ ।”

मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकोले काठमाडौँ उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिए ।

उनले पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए । उनले अर्थतन्त्र भन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ४१ बजे

केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत