चार जिल्ला मात्रै निषेधाज्ञारहित, काठमाडौँमा आजदेखि थप कडाइ (सूचीसहित) « Khabarhub

चार जिल्ला मात्रै निषेधाज्ञारहित, काठमाडौँमा आजदेखि थप कडाइ (सूचीसहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

अब चार जिल्ला मात्र खुला छन् । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व  तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन् । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

 

 काठमाडौँमा थप कडाइ

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना निकालेर आजदेखि अत्यावश्यक सेवाका कार्यालयलाई पनि न्यूनतम जनशक्तिमा काम गर्न निर्देशन दिएको छ । यसअघि अत्यावश्यकबाहेकका कतिपय कार्यालय सीमित जनशक्ति राखेर खोल्न दिइएको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सूचनामा कोरोनाको महामारी तीव्र रूपमा फैलिइरहेकाले नियन्त्रणका लागि यस्तो निर्णय गरिएको उल्लेख छ ।

काठमाडौँ उपत्यकामा आगामी १३ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : ५५ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर