चार जिल्ला मात्रै निषेधाज्ञारहित, काठमाडौँमा आजदेखि थप कडाइ (सूचीसहित) | Khabarhub Khabarhub

चार जिल्ला मात्रै निषेधाज्ञारहित, काठमाडौँमा आजदेखि थप कडाइ (सूचीसहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ७३ जिल्लामा विस्तार भएको हो । त्यसमध्ये ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

अब चार जिल्ला मात्र खुला छन् । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व  तेह्रथुम र खोटाङले मात्र निषेधाज्ञा लगाएका छैनन् । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा भोजपुर र मुस्ताङ छन् ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

कहाँ कहाँ छ निषेधाज्ञा हेर्नुहोस् सूची

 

 काठमाडौँमा थप कडाइ

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना निकालेर आजदेखि अत्यावश्यक सेवाका कार्यालयलाई पनि न्यूनतम जनशक्तिमा काम गर्न निर्देशन दिएको छ । यसअघि अत्यावश्यकबाहेकका कतिपय कार्यालय सीमित जनशक्ति राखेर खोल्न दिइएको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको सूचनामा कोरोनाको महामारी तीव्र रूपमा फैलिइरहेकाले नियन्त्रणका लागि यस्तो निर्णय गरिएको उल्लेख छ ।

काठमाडौँ उपत्यकामा आगामी १३ जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : ५५ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय