ई-सेवासँगको सहकार्यमा रिचार्जरले कोभिडका सामान सस्तोमा डेलिभरी गर्ने « Khabarhub

ई-सेवासँगको सहकार्यमा रिचार्जरले कोभिडका सामान सस्तोमा डेलिभरी गर्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा होम डेलिभरी गर्ने भएको छ ।

ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारको भन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायत कोभिडसँग सम्बन्धित सामान निःशुल्क डेलिभरी गरिदिने जानकारी दिएको हो ।

पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।

वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ ।

ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लेखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

यसका साथै रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सीटेटर ६० देखी ८२ हजार रुपैयाँमा उपलब्ध गराउने छ भने अक्सि ९९ क्यान अक्सिजन ५४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७९९ देखी ९९९ रूपैयाँका साथै थर्मल गन ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीइ सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ३३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने