धन सम्पत्ति कमाउनुछ ? यसो गर्नुहोस् (विल गेट्सका टिप्ससहित) | Khabarhub Khabarhub

धन सम्पत्ति कमाउनुछ ? यसो गर्नुहोस् (विल गेट्सका टिप्ससहित)


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज हामी तपाईलाई केही टिप्सहरु सेयर गर्न गइरहेका छौँ । जुन तपाईले पनि फलो गरेर समृद्ध जीवन बनाउन सक्नुहुन्छ ।

– सूर्योदयभन्दा अघि नै उठ्नुहोस् । यसको लागि राति १० बजेअघि नै निदाउनुहोस् । सुत्नुअघि शुभ संकल्प गर्नुहोस् ।

– बिहान उठ्नेबित्तिकै यो अलौकिक प्रकृतिप्रति कृतज्ञ हुनुहोस् । बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधावी विवेक र ब्रह्मज्ञान हासिल गर्छ। ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ ।

– मुस्कुराउनुहोस् ।

– सूर्यको जस्तो शक्ति चाहिएमा सूर्यको पूजन र प्रणाम गर्नुहोस् ।

– बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुहोस् र हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुहोस् ।

– ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुहोस् र त्यसपछि मलमूत्र विसर्जन गर्नुस् । मलमूत्र लामो समयसम्म रोकेर नराख्नुहोस् ।

३१ बर्षमा नै करोडपति बनेका विल गेट्सका प्रेरक भनाई यस्ता छन् ।

– यो संसारमा आफ्नो तुलना कसैसँग पनि नगर्नुहोस्, यसो गर्दा तपाईको मनोबल गिर्न सक्छ वा उच्च महत्वकांक्षी हुँदा पनि स्वयम्को प्रगतिमा बाधा निम्तन सक्छ ।

– एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु किनकी अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।

– यदि तिमी गरिब जन्मछौँ भने त्यो तिम्रो गल्ती होइन तर यदि तिमी गरिब नै रहेर मर्दछौ भने यो तिम्रो गल्ती हो ।

– जिन्दगी सधैँ आफूले चाहे जस्तो हुँदैन यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर्नुपर्छ ।

– सफलताको खुशीमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठतर्फ लगाउनु पर्दछ ।

– हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण र सल्लाह सुझाव दिइरहोस्, यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।

– यदि हामीले अर्को शताब्दीलाई नियाल्छौ भने तिनीहरुले नेतृत्व तिनीहरुको हुनेछ जसले अरुलाई उठ्न मद्दत गर्नेछन् ।

– एउटा निश्चित बिन्दुमा पैसा मेरो लागि कुनै उपयोगी चिज होइन ।

– लिगेसी एउटा मूर्खतापूर्ण कुरा हो, म लिगेसी भन्ने कुरो नै चाहन्न ।

बफेटको पुस्तकबाट साभार

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ३० बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस