ओलीले डाके एमाले स्थायी कमिटी बैठक « Khabarhub

ओलीले डाके एमाले स्थायी कमिटी बैठक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

बिहान ९ बजे बालुवाटारमा डाकिएको बैठकमा नेपाल-खनाल समूहको माग सम्बोधन गर्नेबारे छलफलको तयारी भएको निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय खारेज गर्दै पार्टी एकता पूर्वको अवस्था (२०७५ जेठ २) मा पुग्नु पर्ने अडान नेपाल-खनाल समूहको छ । ती माग पूरा नभए विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल-खनाल समूहलाई रोक्ने प्रयत्नमा ओली छन् ।

यसका लागि नेपाल निवास कोटेश्वरमा विष्णु पौडेल अहिले छलफलका लागि पुगेको बताइएको छ ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै गर्दा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन जसपाभित्र मतक्यैता देखिएको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरहरु नयाँ सरकारको पक्षमा नरहँदा एमालेको नेपाल-खनाल समूहले राजीनामा दिए नयाँ सरकार बन्ने देखिन्छ ।

तर, राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएको विषय पनि सार्वजनिक भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५