पीएसजी फ्रेन्च कपको फाइनलमा | Khabarhub Khabarhub

पीएसजी फ्रेन्च कपको फाइनलमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

निर्धारित र अतिरिक्त समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विन्होस,र मोइस किनले गोल गरे ।

मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।

पेनाल्टीअघि पीएसजीका लागि खेलको १०औं र ५०औँ मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए ।

मोन्टपेलियरका लागि  ४५औं मिनेटमा लाबोर्डे र ८३औं मिनेटमा एन्डीले गोल गरेका थिए ।

पीएसजीले फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ । फाइनल मे १९ मा हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ३० बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार