पीएसजी फ्रेन्च कपको फाइनलमा « Khabarhub

पीएसजी फ्रेन्च कपको फाइनलमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

निर्धारित र अतिरिक्त समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा पीएसजीका एन्जल डी मारिया, नेयमार,जुलियन, लिन्ड्रो डानिल, मार्क्विन्होस,र मोइस किनले गोल गरे ।

मोन्टपेलियरका तेजी,एन्डी डोलेर्ट,स्टेफी,मिहाइलो,लाबोर्डेले गोल गर्दा जुनियर साम्बिया गोल गर्न चुकेका थिए ।

पेनाल्टीअघि पीएसजीका लागि खेलको १०औं र ५०औँ मिनेटमा केलियन एमबाप्पेले पीएसजीका लागि गोल गरेका थिए ।

मोन्टपेलियरका लागि  ४५औं मिनेटमा लाबोर्डे र ८३औं मिनेटमा एन्डीले गोल गरेका थिए ।

पीएसजीले फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ । फाइनल मे १९ मा हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ३० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ