‘यस्तो माया’लाई सकारात्मक प्रतिक्रिया | Khabarhub Khabarhub

‘यस्तो माया’लाई सकारात्मक प्रतिक्रिया


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार निशा शर्मा अर्यालको गीत ‘यस्तो माया’को भिडियो युट्युबमा २० लाख बढी दर्शक पाएको छ । दर्शकको संख्या बढेसँगै यसले सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।

गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर तथा दीपक शर्माको संगीत छ ।

क्यानाडामा बस्दै आएकी निशा पहिलो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी छिन् । उनलाई फेसबुकमा पनि शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

विधान कार्की निर्देशित भिडियोमा पल शाह र उषा उप्रेती फिचर्ड छन् । उनीहरुको क्यामेष्ट्री निकै सुहाएको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, नन्दा अधिकारीको मेकअप छ । गीतकार अर्याल संगीतकार दीपक तथा गायक रामकृष्ण ढकालको स्वरमा चाँडै नै ‘जे भयो ठिकै भयो’ गीत बजारमा ल्याउने तयारीमा छिन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ३० बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक