एमालेको ‘नेपाल-खनाल’ समूहले तत्काल राजीनामा नदिने « Khabarhub

एमालेको ‘नेपाल-खनाल’ समूहले तत्काल राजीनामा नदिने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ‘नेपाल–खनाल’ समूहले तत्कालै राजीनामा नदिने भएको छ ।

आज बिहान वरिष्ठ नेता माधवकुमार नेपाल र नेता विष्णु पौडेलबीच भएको छलफलपछि नेपाल–खनाल समूह तत्काल राजीनामा नदिने मनसायमा पुगेको हो ।

नेता सोमप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अब अध्यक्ष केपी शर्मा ओलीको आगामी कदम हेरेर राजीनामा बारे निर्णय हुनेछ । उनले भने,‘अहिले भर्खर राजीनामा दिने कुरा छैन । अहिले अन्य विषयमा छलफल भइरहेको छ । हामी अहिले पनि छलफलमा छौँ।’

आज बिहान वरिष्ठ नेता नेपालसँग छलफल गर्न नेता विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए । छलफलमा नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए ।

आजै बसेको एमालेको स्थायी कमिटि बैठकले वरिष्ठ नेता नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ०८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन