सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु « Khabarhub

सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।

सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनको साउथ समीटमा मृत्यु भएको हो ।

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले उनलाई बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यो याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५