जसपा नेता ठाकुर र महतो बुढानीलकण्ठमा, सहयोग पाए देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने « Khabarhub

जसपा नेता ठाकुर र महतो बुढानीलकण्ठमा, सहयोग पाए देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सरकार गठनको गृहकार्य जारी रहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

अहिले बुढानीलकण्ठमा तीन नेताबीचको छलफल जारी छ ।

जसपाले सहयोग गरे प्रधानमन्त्रीमा दाबी गर्ने योजनामा रहेका देउवासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बिहीबार बेलुका ९ बजेसम्म रहेको अवस्थामा देउवाले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएका हुन्।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवालाई समर्थन गर्न तयार भइसकेको अवस्थामा ठाकुर र महतोले नमान्दा बहुमत पुग्नबाट रोकिएको छ।

एमालेको माधव नेपाल पक्षले संसदबाट राजीनामा दिए वा ठाकुर पक्षले समर्थन गरेको अवस्थामा देउवाको नेतृत्वमा सरकार गठन हुने हुँदा दुवै योजना सफल बनाउन कांग्रेस नेताहरु सक्रिय भएका छन्।

विपक्षी गठन्धनले १२४ मत देखाइसकेको अवस्थामा ठाकुरले समर्थन गरे उनीसँग रहेका १५ जनाले सहयोग गरे बहुमतमा लागि चाहिने १३६ सांसद पुग्ने अवस्था छ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १ : ४८ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६