जसपा नेता ठाकुर र महतो बुढानीलकण्ठमा, सहयोग पाए देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने | Khabarhub Khabarhub

जसपा नेता ठाकुर र महतो बुढानीलकण्ठमा, सहयोग पाए देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सरकार गठनको गृहकार्य जारी रहेका बेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

अहिले बुढानीलकण्ठमा तीन नेताबीचको छलफल जारी छ ।

जसपाले सहयोग गरे प्रधानमन्त्रीमा दाबी गर्ने योजनामा रहेका देउवासँगको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बिहीबार बेलुका ९ बजेसम्म रहेको अवस्थामा देउवाले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएका हुन्।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवालाई समर्थन गर्न तयार भइसकेको अवस्थामा ठाकुर र महतोले नमान्दा बहुमत पुग्नबाट रोकिएको छ।

एमालेको माधव नेपाल पक्षले संसदबाट राजीनामा दिए वा ठाकुर पक्षले समर्थन गरेको अवस्थामा देउवाको नेतृत्वमा सरकार गठन हुने हुँदा दुवै योजना सफल बनाउन कांग्रेस नेताहरु सक्रिय भएका छन्।

विपक्षी गठन्धनले १२४ मत देखाइसकेको अवस्थामा ठाकुरले समर्थन गरे उनीसँग रहेका १५ जनाले सहयोग गरे बहुमतमा लागि चाहिने १३६ सांसद पुग्ने अवस्था छ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र