ओलीले पठाए चारैजना नेतालाई निलम्बन फुकुवाको पत्र « Khabarhub

ओलीले पठाए चारैजना नेतालाई निलम्बन फुकुवाको पत्र


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरिएको पत्र चार नेतालाई पठाएका छन् ।

पार्टी अध्यक्ष ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित एमालेका अध्यक्ष ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो ।

भेलाका लागि अगुवाइ गरेको भन्दै चैत ७ मा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

यस्तो छ पत्र

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ११ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब