देशभर १ लाख ८ हजार अक्सिजन सिलिन्डर छन् तैपनि ग्यास अभाव « Khabarhub

देशभर १ लाख ८ हजार अक्सिजन सिलिन्डर छन् तैपनि ग्यास अभाव



काठमाडौँ— निजी क्षेत्रमा देशकै ठूलोमध्येको एक मेडिसिटी अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना नगर्ने जानकारी गरायो ।

मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै अस्पतालले अक्सिजनको माग पूर्ति नभएसम्म नयाँ बिरामीको भर्ना रोकिएको र अस्पतालमा उपचाररत विरामी पनि जोखिममा रहेको जनायो ।

मङ्गलवार नै काठमाडौँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमित २२ जना बिरामी अन्तै सारिए । कलेजले अस्पातलमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आआफ्नो व्यवस्थ गर्न बिरामी पक्षलाई अनुरोध गर्दै सूचना जारी गर्‍यो ।

अन्य केही अस्पतालका अधिकारीहरूले पनि अक्सिजन अभाव रहेकोले जानकारी गराएका छन् ।

काठमाडौँको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले बुधबार एक सूचना जारी गरी अक्सिजन अभाव भएकोले भन्दै नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गरायो ।

उता रुपन्देहीमा आधा घण्टा अक्सिजन आपूर्ति हुन नसक्दा एउटै अस्पतालमा ५ जना संक्रमितको मृत्यु भएको खबर आयो ।

बुधबारै काठमाडौँ जिल्ला प्रशासान कार्यालयले असिक्जन आपूर्ति गर्न सबैतिरबाट भइरहेको प्रयास नजरअन्दाज गरेर सार्वजनिक सूचनाका नाममा सर्वसाधारणमा त्रास फैलाएको आरोप लगाउँदै जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न एक सूचनामार्फत ध्यानाकर्षण गरायो ।

नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेलिपङ हेन्ड्स सामुदायिक अस्पताल, अल्का अस्पताल लगायत काठमामाडौँ उपत्यकाका थुप्रै अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी नलिने जानकारी गराएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक ७ देखि १० जनासम्म नयाँ बिरामी भर्ना हुने गरेको अस्पतालका निर्देशक सागर राज भण्डारीले बताए ।

अस्पतालको क्षमताभन्दा बिरामीको संख्या दोब्बर रहेकाले मुस्किलले धानेको उनको भनाइ छ ।

‘अस्पतालको क्षमताअनुसार ६० जनासम्म बिरामीको उपचार गर्न सकिन्छ तर अहिले ९२ जनाको उपचार गरिरहेका छौँ,’ निर्देशक भण्डारीले खबरहबसँग भने, ‘बिरामी अस्पतालको पेटीमा सुतेका छन्, अवस्था दयनीय छ, अक्सिजन पुर्‍याउन धौधौ परेको छ ।’

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बुधबारसम्म ४ हजार २५२ पुगेको छ । केही दिन यता दैनिक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

अक्सिजन सिलिन्डर १ लाखभन्दा धेरै

प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालयको यही वैशाख २७ गतेको विज्ञप्तिअनुसार ठूलासाना गरी देशभर कुल १ लाख ८ हजार १६४ वटा अक्सिजन सिलिन्डर छन् ।

काठमाडौँ उपत्यकाका १० वटा उद्योगमा ठूला ४७ हजार र साना २९ हजार ९१० वटा गरी ७६ हजार ९१० वटा सिलिन्डर छन् ।

उपत्यका बाहिर १९ वटा उद्योगमा ठूला २२ हजार ३५० र साना ८ हजार ९०४ गरी ३१ हजार २५९ वटा सिलिन्डर छन् ।

नागरिक जिम्मेवार बनौँ

कोरोना संक्रमण समुदायस्तर हुँदै परिवारसम्म पुगेकोले व्यक्तिले हरेक व्यक्ति सचेत हुनुपर्ने बताउँछन् संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन ।

उनले भने, ‘अहिले कोरोना संक्रमण परिवारमा पुगिसकेको छ, सबैलाई बचाउनेतिर ख्याल राख्नुपर्‍यो, निषेधाज्ञा पालना गरेर स्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ ।’

घरभित्र बस्दा पनि मास्क लगाउन र आपसमा लामो समयसम्म गफ नगर्न पनि उनको सुझाब छ ।

तीन साता घरभित्रै बसौँ

जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेका अनुसार आगामी तीन साता नेपालका लागि अत्यन्तै कठिन अवस्था हुनेछन् ।

यो अवधिभर केही अभाव र दुःख सहेरै पनि घरभित्रै बस्न उनको सुझाव छ । पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमण भएकाले बाहिर निस्कनै परेको अवस्थामा दुई वटा मास्क लगाउन उनको सुझाब छ ।

दूरी कायम गर्ने, साबुनपानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका विधि पालना गर्न पनि डा. पाण्डेको सुझाब छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ३६ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि