नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु « Khabarhub

नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु भएको छ । लैङ्गिक समानताका लागि भारतका सुनिल जङ्गलानले थालेको सो अभियान भर्चुअल कार्यक्रम मार्फत नेपालमा पनि शुरु भएको हो ।

महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूलमर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन भारत र नेपाल इन्टरनेट फाउण्डेसनद्धारा भर्चुअल कार्यक्रम आयोजना गरी मङगलबारबाट नेपालमा सञ्चालन भएको हो । कार्यक्रममा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलसहित दुवै देशबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडीलगायतका माहिलालाई दमन गर्ने प्रथाहरु भइरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले यो अभियानलाई पूर्णरुपले सहयोग गर्ने बताए । अभियन्ता जङ्गलानाले यो अभियानले गर्दा भारतको हरियाणादेखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताए ।

कार्यक्रममा बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैङ्गिक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यसमा जोकोहीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् जसलाई अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा पुरस्कृत गरिनेछ । यसमा सहभागी हुन छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर राख्नुनुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : ४१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले