हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’ सम्झौता « Khabarhub

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’ सम्झौता


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जरका लागि सम्झौता भएको छ। दुवै बैंकका अध्यक्षले मर्जर सम्झौतमा हस्ताक्षर गरेका छन्।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। मर्जर पछि बैंकको नाम दुवैको अस्तित्व नहराउने गरी हिमालय इन्भेष्टमन्ट बैंक राखिएको छ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहनेछन्। यस्तै, डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे रहनेछन्।

मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ। निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ। त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ। हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी बैंकका कुल १५२ वटा शाखा कार्यालय हुनेछन्।

मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ।

दुवै बैंकबीच मर्जरपूर्व लाग्ने सम्पूर्ण खर्च आधा–आधा व्यहोर्ने सहमति भएको छ। मर्जर पछि पनि हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ। यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : १० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय