नेपाल टेलिकमले ल्यायो लकडाउन अफर | Khabarhub Khabarhub

नेपाल टेलिकमले ल्यायो लकडाउन अफर


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ ।

निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर शुक्रबारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ । अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा उपलब्ध हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको प्रवक्ता जोशीले जानकारी दिए ।

लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।

यस्तैगरी, टेलिकमले निषेधाज्ञाको अबधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँनेछन् ।

रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ । उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै रु ५०० वा सो भन्दाबढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ४६ बजे

किन जाग्यो ज्ञानेन्द्रमा दरबार पस्ने हुटहुटी ?

अहिले ठूला दलहरु माथि तत्कालीन संसदले २०६३ जेठ ४ गतेको

‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी- मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा

क्रोएसियाको पहिलो दुई खेलमा १२ गोल

काठमाडौं – विश्वकप फुटबल छनोट अन्तरगत युरोपेली देशको आइतबार राति