नयाँ सरकार गठनको विषयले जसपा फुटको संघारमा « Khabarhub

नयाँ सरकार गठनको विषयले जसपा फुटको संघारमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो खेमाले बुधबार प्रधानमन्त्री केपी ओली भेटेपछि र आफूहरू आधिकारिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएपछि विवाद झनै चर्किएको हो ।

ठाकुर-महतोले गठबन्धन सरकारमा सामेल नहुने भन्दै ओली सरकारकै निरन्तरतालाई सुनिश्चित गर्न खोजेपछि बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले कारवाहीको चेतावनी दिएको छ । र, जसपाकै सहयोगले मात्र गठबन्धन सरकार बन्ने सम्भावना पनि अब लगभग टरेको छ ।

दुई धारमा विभाजित जपसाको ठाकुर-महतो समूह कांग्रेस–माओवादीले पहल गरेको गठबन्धन सरकारमा सहभागी नहुने अडानमा छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि वैकल्पिक सरकारबारे निर्णय लिन नसक्दा जसपा दुई धारमा विभाजित भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ५५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२