नयाँ सरकार गठनको विषयले जसपा फुटको संघारमा « Khabarhub

नयाँ सरकार गठनको विषयले जसपा फुटको संघारमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको छ ।

अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो खेमाले बुधबार प्रधानमन्त्री केपी ओली भेटेपछि र आफूहरू आधिकारिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएपछि विवाद झनै चर्किएको हो ।

ठाकुर-महतोले गठबन्धन सरकारमा सामेल नहुने भन्दै ओली सरकारकै निरन्तरतालाई सुनिश्चित गर्न खोजेपछि बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले कारवाहीको चेतावनी दिएको छ । र, जसपाकै सहयोगले मात्र गठबन्धन सरकार बन्ने सम्भावना पनि अब लगभग टरेको छ ।

दुई धारमा विभाजित जपसाको ठाकुर-महतो समूह कांग्रेस–माओवादीले पहल गरेको गठबन्धन सरकारमा सहभागी नहुने अडानमा छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि वैकल्पिक सरकारबारे निर्णय लिन नसक्दा जसपा दुई धारमा विभाजित भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना