लागुऔषधसहित बाराबाट २ जना पक्राउ « Khabarhub

लागुऔषधसहित बाराबाट २ जना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- लागुऔषधसहित बाराको जीतपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साका २० वर्षीय शारुख खान मिया र २६ वर्षीय गयासुदिन मियाँलाई लागुऔषधसहित पक्राउ  गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शारुकको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल र गयासुदिनको साथबाट बा १५ प १७५२ नम्बरको मोटरसाइकलसहित १०० एमएल वनरेक्स ५ बोतल र नाइट्राभेट १० लेखिएको ७२ पिस ट्याबलेट बरामद गरिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ११ : २५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि