लागुऔषध र हतियारसहित मोरङमा तीनजना पक्राउ « Khabarhub

लागुऔषध र हतियारसहित मोरङमा तीनजना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध र हतियारसहित प्रहरीले मोरङबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मिया, चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राइका अनुसार अब्बास मियाको घरमा पेस्तोल, त्यसको गोली र लागुऔषध समेत फेला परेको थियो ।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बुधबार बिहान बेलबारी नगरपालिका १० भाउन्ने जंगलस्थित पूर्वपश्चिम लोक मार्गमा धमला र भट्टराई सवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए ।

घाइते मध्ये सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला र बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखेर चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो।

अनुसन्धानको क्रममा त्यो लागुऔषध अब्बास मियाबाट किनेको उनीहरूले बताएका थिए। त्यसपछि प्रहरीले मियाको घरमा खानतलासी गर्दा प्रहरीले एउटा कटुवा पेस्तोल, २ थान गोली, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र एउटा चक्कु फेला पारेको थियो।

यो विषयमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १२ : १० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले