लागुऔषध र हतियारसहित मोरङमा तीनजना पक्राउ | Khabarhub Khabarhub

लागुऔषध र हतियारसहित मोरङमा तीनजना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध र हतियारसहित प्रहरीले मोरङबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मिया, चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राइका अनुसार अब्बास मियाको घरमा पेस्तोल, त्यसको गोली र लागुऔषध समेत फेला परेको थियो ।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बुधबार बिहान बेलबारी नगरपालिका १० भाउन्ने जंगलस्थित पूर्वपश्चिम लोक मार्गमा धमला र भट्टराई सवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए ।

घाइते मध्ये सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला र बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखेर चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३.८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो।

अनुसन्धानको क्रममा त्यो लागुऔषध अब्बास मियाबाट किनेको उनीहरूले बताएका थिए। त्यसपछि प्रहरीले मियाको घरमा खानतलासी गर्दा प्रहरीले एउटा कटुवा पेस्तोल, २ थान गोली, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र एउटा चक्कु फेला पारेको थियो।

यो विषयमा अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १२ : १० बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला