निषेधाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधनलाई कारबाही « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधनलाई कारबाही


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा निधेषाज्ञा उल्लंघन गर्ने ६४२ सवारी साधन कारबाहीमा परेका छन् ।

आइतबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६४२ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ५०६ दुई पाङग्रे सवारी, ११० ओटा चारपाङ्ग्रे सवारी, ६ ट्याक्सी र २० ठुला सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।

पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि पनि केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप्ने स्थानीय प्रशासनको तयारी छ ।

निषेधाज्ञाका क्रममा उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । काठमाडौँको विभिन्न चोकमा सवारीको चाप बढेको हो । यद्यपी ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १२ : ५९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७