काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने « Khabarhub

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम फेरि भोलिदेखि शुरु हुने भएको छ ।

महानगरका प्रमुख हरिबहादुर कुँवरले दिएको जानकारीअनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहकाहरूलाई सोमबार र मंगलबार खोप दिइनेछ ।

महानगरले यसअघि काठमाडौँका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरेको थियो । सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै गत शुक्रबार अर्को सुचना नआएसम्म खोप लगाउने कार्यक्रम स्थगित बनेको थियो ।

प्रमुख कुवरकाअनुसार यसअघि छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालहरूमा खोप लगाइनेछ ।

उनले भने, ‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाउने कार्यक्रम राखेका छौँ ।’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १ : २० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७