काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने | Khabarhub Khabarhub

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि दिइने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा शुक्रबारबाट रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम फेरि भोलिदेखि शुरु हुने भएको छ ।

महानगरका प्रमुख हरिबहादुर कुँवरले दिएको जानकारीअनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहकाहरूलाई सोमबार र मंगलबार खोप दिइनेछ ।

महानगरले यसअघि काठमाडौँका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरेको थियो । सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै गत शुक्रबार अर्को सुचना नआएसम्म खोप लगाउने कार्यक्रम स्थगित बनेको थियो ।

प्रमुख कुवरकाअनुसार यसअघि छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालहरूमा खोप लगाइनेछ ।

उनले भने, ‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाउने कार्यक्रम राखेका छौँ ।’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १ : २० बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा