ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग « Khabarhub

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ ।

सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।

सङ्घले दोस्रो लहरको सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएका हुन् ।

सङ्घका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र पठाउँदै थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।

सङ्घले दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सङ्घले निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो । तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदासमेत बेवास्ता भएको भन्दै सङ्घले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

सङ्घले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : ४५ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी