स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपियन युनियन (इयु) का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

तीन देशले अनुदानमा दिएको चिकित्सा सामग्री आइतबार बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानस्थलमा आयोजित एक समारोहकाबीच स्लोभेनिया र अष्ट्रियाका महावाणिज्यदूत र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

इयु सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहर विरुद्ध लड्न नेपाललाई सहयोग पुर्‍याउँन उक्त सामाग्री उपलब्ध गराएका हुन् ।

आज उपलब्ध गराईएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको “टिम युरोप” को ऐक्यबद्धताको अर्को उदाहरण भएको उल्लेख गरिएको छ ।

राहत सामग्रीमा एन्टिजेन परीक्षण किट, पल्स् अक्सिमिटर, एफएफ्पीटु मास्क, फेस शिल्ड तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामाग्रीहरु रहेका छन् ।

यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले सहयोग गरे लगत्तै स्लोभेनिया, अष्ट्रिया र माल्टाले पनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् । यस्तै थप आपतकालीन आपूर्ति सामग्रीहरु आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाबाट पनि आउन लागेको जनाइएको छ ।

यस्तो छ सहयोग सामग्रीको विवरण :

फेस मास्कः ३०,००० थान
निट्राइल् पञ्जाः १००,००० थान
प्रोटेक्टिभ् गगल्स्ः १२,५०० थान
प्रोटेक्टिभ् मास्क्ः १००,००० थान
नन्–स्टेराइल् मेडिकल मास्कः ६००,००० थान
भल्भ्रहित एफ्एफ्पी मास्कः ५०,००० थान
पल्स् अक्सिमिटरः १,००० थान
ऐन्टिजेन टेस्ट किट्ः २,४०० थान
नन्–कन्टयाक्ट् इन्फ्राारेड थर्मोमिटरः १३० थान
फेस शिल्डः ५,००० थान

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ५५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७