वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने « Khabarhub

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ ।

आगामी बजेट प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्री ढुंगेलले बताए ।

उनले प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिने उल्लेख गरे ।

उनले प्रदेशमा कोभिड–१९ सङ्क्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे ।

उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी छ महिनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया शुरु गरिसकिएको जानकारी दिए ।

मन्त्री ढुङ्गेलले अघिल्लो आव २०७७/७८ मा करीब रु ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब रु ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ३० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन