प्रहरीमाथि मदिरा खन्याउने तीनजना पक्राउ « Khabarhub

प्रहरीमाथि मदिरा खन्याउने तीनजना पक्राउ


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा मदिरा नष्ट गर्न गएको प्रहरी टोली र मदिरा व्यवसायीबीच झडप भएको छ ।

शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्रहरी र मदिरा व्यवसायीबीच झडप भएको हो ।

ईलाका प्रहरी कार्यालय ढलकेवर प्रहरी गोप्य सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यावसायीसँग झडप भएको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले मदिरा नियन्त्रणमा लिँन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गर्दा केही समय झडप भएको जानकारी दिए ।

उनका अनुसार सुरुवात कम संख्यामा प्रहरी पुग्दा स्थानीयले हातपात गर्नुको साथै प्रहरीसंग दुव्र्यवहार गरेको थियो । स्थानीय व्यवसायीले प्रहरीलाई हातपात गर्नुको साथै प्रहरीको शरिरमाथि मदिरासमेत खन्याएका थिए ।

‘मदिरा बरामद गरी प्रहरी ढलकेवर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि हातपात पनि गरेका छन्,’उनले भने,‘ढुङ्गा प्रहार तथा प्रहरीको शरिरमाथि मदिरा खन्याएर दुर्वव्यवहार गरको छ ।’

प्रहरीमाथि दुव्र्यवहार र मदिरा खन्याएको आरोपमा तीन जना पक्राउ समेत परेका छन् । धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण कापरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । पक्राउ परेका तीनै जना ढलकेवर प्रहरीको हिरासतमा छन् ।

प्रहरी एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ४५ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ