अझ खुकुलो गर्दै काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप | Khabarhub Khabarhub

अझ खुकुलो गर्दै काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधज्ञा एक साता लम्ब्याउने निर्णय गएिको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।

केही खुकुलो गर्दै असार १ गतेबाट लागू गर्दै एक साता थप गर्ने निर्णय भएको छ । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

अब खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने र हार्डवेयर पसल अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ । प्रशासनले कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजीकरण गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ४ : ३० बजे

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र