म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन « Khabarhub

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । सयौँ बर्मेलीहरूले शनिबार प्रदर्शन गरेका हुन् ।

बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।

प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, “म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनर्स्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी–७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौँ ।”

प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।

म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पारेको छ ।

त्यतिबेलाको निर्वाचन निष्पक्ष नभएकाले अब निष्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यस विरुद्ध म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ । (रासस-एएनआई)

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज