पाँचौँ पटक प्रधानमन्त्री बन्दै देउवा, आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने « Khabarhub

पाँचौँ पटक प्रधानमन्त्री बन्दै देउवा, आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ बजे सपथ ग्रहरणको तयारी भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसको पाँच वर्षपछि उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा दुई पटक प्रधानमन्त्री भए । देउवाको दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए ।

तर तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई हटाएर ०५९ असोज १८ मा शासन सत्ता आफ्नो हात लिएका थिए । लगत्तै आन्दोलन भएपछि देउवालाई ०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भए । तर उनको कार्यकाल ८ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा लिए ।

०६१ सालपछि करिव १३ वर्ष देउवा प्रधानमन्त्री भएनन् । उनी २०७४ साल जेठ २३ मा माओवादी केन्द्रको समेत साथ पाएर प्रधानमन्त्री बने ।

आफैँले गराएको चुनावमा नेपाली कांग्रेस हारेपछि चर्को आलोचना खेपेका देउवा अहिले अर्को चुनाव नआउँदै प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री नियुक्त भएपछि उनले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

देउवाले  विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन हुनेछ र देउवाले नै फेरि अर्को चुनाव गराउनेछन् ।

आजै सानो आकारको मन्त्रिपरिषद्

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउने तयारी गरेका छन् ।

आज कांग्रेस र माओवादी केन्द्रका केही नेतालाई मन्त्री बनाउने गृहकार्य भएको छ । यसको निर्णय सपथग्रहण अघि नै गठबन्धनको बैठक बसेर हुनेछ ।

जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव खेमा भने साउन ७ पछि मात्रै सहभागी हुने भएको छ । जसपाको विवादबारे सर्वोच्च अदालतले साउन ३ मा निर्णय दिने सम्भावना रहेकाले त्यसकै आधारमा अघि बढ्ने तयारी सो समूहले गरेको छ ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने वा नहुने भन्नेमा अनिर्णित छ । एमालेको नेपाल-खनाल समूहका नेता माधव कुमार नेपालले भने परिस्थितिमा बदलाव आएकाले आफू अब गठबन्धनमा पनि नरहने जनाएका छन् । यद्यपि उनले एमालेलाई पनि समेटर संयुक्त सरकार बनाउन देउवालाई सुझाव दिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : २५ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा