हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन « Khabarhub

हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन भएको छ ।

पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै हिंसात्मक प्रदर्शनहरू चर्किएपछि सेना परिचालन भएको बीबीसीले जनाएको छ ।

भ्रष्टाचारको आरोप लागेका जुमाले गत साता प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । लगत्तै शुरू भएका प्रदर्शनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन् । ठाउँठाउँमा पसलहरू लुटिएका र भवनहरू आगजनीमा भएको जनाइएको छ ।

तस्वीर : रोयटर्स

हिंसाका घटना बढेपछि खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ ।

राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ”हिंसाविरुद्ध उभिन” आह्वान गरेका छन् । राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई गत २९ जुनमा १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार