हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन « Khabarhub

हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिंसा चर्किएपछि दक्षिण अफ्रिकामा सेना परिचालन भएको छ ।

पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै हिंसात्मक प्रदर्शनहरू चर्किएपछि सेना परिचालन भएको बीबीसीले जनाएको छ ।

भ्रष्टाचारको आरोप लागेका जुमाले गत साता प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । लगत्तै शुरू भएका प्रदर्शनमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५०० जना पक्राउ परेका छन् । ठाउँठाउँमा पसलहरू लुटिएका र भवनहरू आगजनीमा भएको जनाइएको छ ।

तस्वीर : रोयटर्स

हिंसाका घटना बढेपछि खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ ।

राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ”हिंसाविरुद्ध उभिन” आह्वान गरेका छन् । राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन् ।

भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठहराइएको थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई गत २९ जुनमा १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ४० बजे

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच