२४७ किलो गाँजासहितको कन्टेनर नियन्त्रणमा « Khabarhub

२४७ किलो गाँजासहितको कन्टेनर नियन्त्रणमा


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- २४७ किलो गाँजासहित वीरगञ्जबाट भारततर्फ जाँदै गरेको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो सवा १२ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसीपीगेट नजिकबाट ट्रकसहित २४७ किलो गाँजा बरामद गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार सूचनाका आधारमा भारततर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बराद गरिएको हो ।

प्रहरीले एचआर ५५ एम २२०९ नम्बरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो । ट्रकलाई रोकेर चेक गर्न खोज्दा चालक फरार भएका थिए । पछि भित्र हेर्दा गाँजा फेला परेको हो ।

फरार भएका चालकको पहिचान गरिसकेको र खोजी भइरहेको डीएसपी खनालले बताए ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ४० बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा