सीमा विवाद समाधानका लागि सैन्य वार्ता अघि बढाउन भारत-चीन सहमत « Khabarhub

सीमा विवाद समाधानका लागि सैन्य वार्ता अघि बढाउन भारत-चीन सहमत


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद टुंगो लगाउन फेरि सैन्य वार्ता अघि बढ्ने भएको छ ।

सीमा विवाद समाधानका लागि वार्ता अघि बढाउन दुबै पक्ष सहमत भएका हुन् । सीमा मामिला सम्बन्धी परामर्श र समन्वय (डब्ल्यूएमसीसी) को वर्किङ मेकानिजम्को भर्चुअल बैठकमा दुबै पक्षले विवाद समाधानका लागि वार्तालाई जारी राख्‍ने सहमति भएको हो ।

भारतको विदेश मन्त्रालयका अनुसार दुबै पक्ष सैन्य वार्तामाफर्त नै समस्या समाधानका लागि तयार भएपछि सीमा देखिएको तनाव रोकिएको अनुमान गरिएको छ ।

बैठकपछि भारतीय  विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखामा बाँकी रहेका मुद्दाहरूको छिटो समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत भएको उल्लेख गरिएको छ ।

यो वार्ता फेब्रुअरीमा पाङ योङ तालको उत्तर र दक्षिण किनारबाट दुबै पक्षले सेना फिर्ता लिएपछि दुबै पक्षबीच नयाँ चरणको वार्ता सुरुवात हुन लागेको जनाइएको छ । यसअघि विभिन्‍न चरणमा भएका वार्तापछि दुबै पक्षले सीमा क्षेत्रबाट सेना फिर्ता गरेका थिए ।

“दुबै पक्षले सेप्टेम्बर २०२० मा दुई परराष्ट्रमन्त्रीहरू बीच भएको सम्झौतालाई ध्यानमा राख्दै पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखाको बाँकी रहेका मुद्दाहरूको छिटो समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत भए,” विज्ञप्तिमा भनिएको छ ।

स्रोत- इण्डियन एक्सप्रेस 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ५५ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका