प्रधानमन्त्री ओलीले बालुवाटार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले बालुवाटार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

बालुवाटार छाड्नुअघि प्रधानमन्त्रीले ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चबाट परमादेश आए पछि ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा अहिलेसम्म सरकारले गरेका काम तथा समसामयिक विषयमा जानकारी गराउने तयारी छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए पनि फैसला राजनीतिक ढङ्गले आएको भन्दै टिप्पणी गरेका छन‍् ।

सर्वोच्चको हिजोको आदेश अनुसार बेलुका ५ बजेसम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९