थलापति विजयलाई एक लाख जरिवाना « Khabarhub

थलापति विजयलाई एक लाख जरिवाना


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– तमिल फिल्मका सुपरस्टार थलापति विजयमाथि मद्रास उच्च अदालतले १ लाख रुपैंयाँ जरिवाना गरेको छ । अदालतले विजयलाई यो जरिवाना उनको बिलासी आयातित कार रोल्स रोयस घोस्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा लिएको हो ।

अदालतले विजयका लागि तोकिएको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलीफ फण्डमा जम्मा गरिने जनाएको छ । मद्रास उच्च अदालतका न्यायधिस एसएम सुब्रमण्यमले विजयमाथि यो आदेश दिएका हुन् । विजयको तर्फबाट उनको फ्यान ग्रुपले अदातललाई खारेज गरेको छ ।

‘ती फ्यान जो यस्ता अभिनेतालाई रियल लाइफ हिरोको रुपमा हेर्छन् । यस्ता अभिनेता तमिलनाडु जस्तो राज्यमा शासक बनेका छन् । फिल्ममा काम गर्ने हिरोबाट कर छलीको आशा गर्न सकिन्न, किनकी यो व्यवहार राष्ट्रविरोधी र असंवैधानिक हो’, आदेशमा भनिएको छ ।

न्यायधिस सुब्रमण्यमले विजयले आफूलाई फिल्ममा समाजमा सामाजिक न्याय ल्याउने च्याम्पियनका रुपमा देखाउने गरेको देखाउने भए पनि वास्तविक जीवनमा उनी आफैं कर छलीमा लाग्नु अमान्य रहेको उल्लेख गरेका छन् ।

अदालतले अभिनेता विजयलाई आफूले तिर्नुपर्ने कर कर विभागलाई दुई साता भित्र तिर्न आदेश दिएको छ । विजयले आफ्नो कारको मूल्यको २० प्रतिशत आयातित कर तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : १० बजे

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा