सौरवको बायोपिकमा रणवीर कपूर « Khabarhub

सौरवको बायोपिकमा रणवीर कपूर


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको कप्तान भइसकेका छन् ।

पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटको बोर्ड अफ कन्ट्रोलका अध्यक्ष सौरवले आफ्नो बायोपिकका लागि सहमति दिइसकेका छन् । २ सयदेखि २ सय ५० करोडमा निर्माण हुने यो फिल्मको शीर्ष भूमिकामा अभिनेता रणवीर कपूरको नाम चर्चामा छ ।

सौरव आफैंले समाचारको पुष्टि गरेका छन् । ‘हो, मैले बायोपिकका लागि मञ्जुरी दिइसकेको छु । यो फिल्म हिन्दी भाषामा हुनेछ । मेरा लागि अहिले नै निर्देशकको नाम घोषणा गर्नु बेठिक हुनेछ । सबै कुरा फाइनल भएपछि हामी फिल्मका बारेमा सार्वजनिक गर्नेछौं’, सौरवले भनेका छन् ।

फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । प्रोडक्सन हाउसले सौरवसँग स्क्रिप्टका लागि कैयौंपटक भेटिसकेको छ । केही समय अघि अभिनेत्री नेहा धूपियाले सौरवको अनस्क्रिन भूमिकाका लागि अभिनेता ऋति रोशन ठिक हुने उल्लेख गरेकी थिइन् ।

फिल्ममा सौरवको युवा क्रिकेटर बनेदेखि भारतीय राष्ट्रिय टिमको कप्तान बनुञ्जेलसम्मको यात्रा देखाइनेछ । यसबाहेक उनी कसरी बीसीसीआईको अध्यक्ष बने भन्ने कुरा पनि खुलाइनेछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : १५ बजे

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्

२१औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप शुरु

काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा