राष्ट्रसेवक कर्मचारी जम्मा गरेर ‘विशेष सम्बोधन’ का नाममा ओलीको राजनीतिक भाषण « Khabarhub

राष्ट्रसेवक कर्मचारी जम्मा गरेर ‘विशेष सम्बोधन’ का नाममा ओलीको राजनीतिक भाषण


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन वर्ष पाँच महिनापछि सिंहदरबारबाट बारिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष सम्बोधन’ गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव वैकुण्ठ अर्यालले पोडियममा उभिएर उपस्थित सबैलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई ‘विशेष सम्बोधन’ का लागि आग्रह गरे ।

अर्यालले भनेअनुसार त्यहाँ उपप्रधानमन्त्री, मन्त्रीहरू, नेपाल सरकारका मुख्य सचिव र सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, सञ्चारकर्मीहरू र अन्य व्यक्तिहरू उपस्थित थिए ।

‘प्रधानमन्त्रीले आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू’ भनेर आफ्नो ‘विशेष सम्बोधन’ शुरू गरेर लिखित र अलिखित गरी ५२ मिनेट बोले । उनका आँखा आफ्ना अगाडि उपस्थित व्यक्तिहरूमा थिए ।

सरकारका सचिवहरूलाई आफ्ना आगाडि राखेर प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा सर्वोच्च अदालत, संवैधानिक इजलासको असार २८ गतेको फैसलाप्रति चर्को विरोध जनाए ।

उनले सर्वोच्च अदालतले संविधान संशोधन गरेको अरोप लगाए ।

उक्त फैसला निरङ्कुश रहेको र फैसलाले कानूनको अपव्याख्या गरेको, दलीय प्रणाली ध्वस्त पारेको र विश्वमै पहिलो पटक अदालतबाट प्रधानमन्त्री नियुक्त गराएको आरोप लगाए । आफूलाई महान लोकतन्त्रवादीका रूपमा प्रस्तुत गरे, विपक्षी नेताहरूमाथि व्यङ्य र कटाक्ष गरे ।

उनले उच्च पदस्थ राष्ट्रसेवक कर्मचारीहरू जम्मा गरेर पूर्णतः राजनीतिक विषय र दलीय विवादमा भाषण गरे । अदालत र आफ्ना विपक्षी राजनीतिक नेताहरूप्रति चर्को आक्रोश प्रकट गरे ।

यसरी ओलीले ‘विशेष सम्बोधन’ का नाममा राष्ट्रसेवकलाई जम्मा गरेर प्रधानमन्त्री पदको दुरुपयोग गरेका छन् । सम्बोधमा प्रकट भएको ‘बडी लेङ्ग्वेज’ देशवासीका नाममा ‘विशेष सम्बोधन’ नभई पार्टीको बैठक वा राजनीतिक भेलाको जस्तो थियो ।

निजामती सेवा कुनै प्रधानमन्त्री वा सरकार विशेषको होइन । कर्मचारी संयन्त्र संविधान र ऐनकानून बमोजिम नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने माध्यम हो ।

यो संयन्त्र राजनीतिक हस्तक्षेपबाट निरपेक्ष मानिन्छ । यसकारण पनि नितान्त राजनीतिक प्रकृतिको भाषणमा उच्च पदस्थ कर्मचारीहरूलाई बाध्यात्मक उपस्थित गराउनु प्रधानमन्त्री पदको दुरुपयोग हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९