यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरी निलम्बनमा, परीक्षा रद्द « Khabarhub

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरी निलम्बनमा, परीक्षा रद्द


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि-स्याट) को प्रश्नपत्र लिक प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरिएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार छानविन समितिले सिफारिस गरेका आधारमा हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको हो । कुँवरले खबरहबसँग भने, ‘समितिको सिफारिसका आधारमा हामीले अहिले दुईजनालाई निलम्बन गरेका छौँ, प्रहरी नायव निरीक्षक (सई) जनकबहादु थापालाई निलम्बन गर्न बाँकी छ, उनलाई पनि प्रक्रिया पुर्‍याएर निलम्बन गर्छौं ।’

यो पनि पढ्नुहोस्

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी 

प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले प्रश्नपत्र लिक प्रकरणको छानबिन गरेर ३ जनालाई सेवाबाट हटाउन, ११ जनालाईलाई विभागीय कारवाही गर्न र परीक्षा रद्द गर्नेलायात सिफारीस गर्दै ५५० पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

अहिले प्रहरी प्रधान कार्यालयले साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षासमेत रद्द गरेको छ । समितिले प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र वेद विष्ट तथा डिएसपीहरू सुगन्ध श्रेष्ठ र रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

यही साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय तथा सात प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय जना सहभागी थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ५५ बजे

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३