यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरी निलम्बनमा, परीक्षा रद्द « Khabarhub

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणः दुई प्रहरी निलम्बनमा, परीक्षा रद्द


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा पठाउन नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि-स्याट) को प्रश्नपत्र लिक प्रकरणमा दुईजना प्रहरीलाई निलम्बन गरिएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार छानविन समितिले सिफारिस गरेका आधारमा हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई निलम्बन गरिएको हो । कुँवरले खबरहबसँग भने, ‘समितिको सिफारिसका आधारमा हामीले अहिले दुईजनालाई निलम्बन गरेका छौँ, प्रहरी नायव निरीक्षक (सई) जनकबहादु थापालाई निलम्बन गर्न बाँकी छ, उनलाई पनि प्रक्रिया पुर्‍याएर निलम्बन गर्छौं ।’

यो पनि पढ्नुहोस्

यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा १४ जना दोषी 

प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्त लामा नेतृत्वको समितिले प्रश्नपत्र लिक प्रकरणको छानबिन गरेर ३ जनालाई सेवाबाट हटाउन, ११ जनालाईलाई विभागीय कारवाही गर्न र परीक्षा रद्द गर्नेलायात सिफारीस गर्दै ५५० पृष्ठको प्रतिवेदन बुझाएको थियो ।

अहिले प्रहरी प्रधान कार्यालयले साउन १५ र १६ मा चार सेटको प्रश्नपत्रको आधारमा केन्द्र र प्रदेशमा लिइएको परीक्षासमेत रद्द गरेको छ । समितिले प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र वेद विष्ट तथा डिएसपीहरू सुगन्ध श्रेष्ठ र रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

यही साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय तथा सात प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय जना सहभागी थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ५५ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले