आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिनअघि लगातारजसो घटेको सुनको मूल्य आज फेरि बढेको छ ।

आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । शाक्यका अनुसार मूल्य बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।

बजार अस्थिर भइरहेकाले अब मूल्य घट्ने या बढ्ने यसै भन्न नसकिने उनको भनाइ छ । आज चाँदीको मूल्य भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ०० बजे

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन